नाम (NOUN)


 कुनै व्यक्ति, वस्तु, ठाउँ, पदार्थ, भाव बुझाउन आउने विकारी  शब्द,

‘के’ र ‘को’ प्रश्नको उत्तरमा आउने शब्द,

के? = फूल, चामल, सुन, तेल, माया, हावा…

को? = काका, बालकृष्ण, मान्छे, प्रधानमन्त्री…

प्रकारः
परम्परागत विभाजन

१.  व्यक्तिवाचक नामः एउटै वस्तु वा पदार्थलाई किटेर बुझाउने; समावेश्य

(Proper Noun: Used to one Special person or place.)

२. जातिवाचक नामः एउटै वर्ग वा जातिलाई बुझाउने; समावेशक

(Common Noun: Name of a class)

जातिवाचक नामव्यक्तिवाचक नाम
मान्छे

देश

नदी

पहाड

चाड

फूल

रुख
सुरेन्द्र, प्रियङ्का, महेश, विमला…

नेपाल, भारत, चीन, अमेरिका…

बागमती, कोशी, बबई, राप्ती…

सगरमाथा, जुगल, अन्पुर्ण, लोत्से…

दसैँ, तिहार, छठ, माघी…

मखमली, सयपत्री, गोदावरी, लालिगुँरास…

साल, खयर, बकाइनु, पीपल…

३.  समूहवाचक नामः समूह बुझाउने

(Collective Noun: Singular in form but stands for many individual.)

मानिस वा प्राणीको समूहः दल, जन्ती, हुल, सभा, मलामी, परिवार…

निर्जीव वस्तुको समूहः  डङ्गुर, पुञ्ज, थुप्रो, रास, झुप्पो…

पशुपक्षीको समूहः  बथान, गोलो, झुन्ड, बगाल…

दुई वटा समूहः  युगल, जोडा, जोर, द्वय…

४.  द्रव्यवाचक नामः गन्न नसकिने तर नापजोख गर्न सकिने,

(Material Noun: Matter or substance of which things are made)

ठोसः सुन, चाँदी, फलाम, ढुङ्गा, चामल, नुन, पिठो…

तरलः पानी, तेल, पेट्रोल, दूध…

ग्यासः हावा, धुँवा, हाइट्रोजन, अक्सिजन…

५. भाववाचक नामः गुण, भाव अथवा कार्य बुझाउने; देख्न, छुन नसकिने महसुस वा अनुभव गर्न सकिने,

(Abstract Noun: Name of quality, action or state drawn off from the object it belongs to)

मानवीय अनुभुतिः शान्ति, रिस, सहानुभुति, भक्ति, दया, सुख…

जातिवाचक नामबाटः राष्ट्रियता, मानवता, नवीनता, नैतिकता, बालापन…

धातुबाटः लेखाइ, पढाइ, सुनाइ, हिँड्नु, बस्नु, दिनु, खोजी, टिकाउ, बिकाउ…

आधुनिक विभाजन

  • मानवीय र मानवेतर
  • गणनीय र अगणनीय
  • सजीव र निर्जीव
  • मूर्त र अमूर्त

नामले वाक्यमा गर्ने काम

कर्ताको कामः राम वनमा जान्छ।

कर्मको कामः सीताले कपडा सुकाइन्।

पूरकको कामः म विद्यार्थी हुँ।

विशेषणको विशेष्यको कामः पातलो काँच सजिलै फुट्छ।

कारकको रुपमा नाम

करण कारकः म कलमले लेख्छु।

सम्प्रदान कारकः गुरु विद्यार्थीलाई पढाउनुहुन्छ।

अपादान कारकः गोजीबाट पैसा खस्यो।

अधिकरण कारकः तिमी घरमा बस।

नाम वाक्यमा नामयोगिसँग जोडिएर आउँछ। कमलेश रोहितसँग बजार गयो।

नामले लिङ्ग, वचन र आदरलाई संकेत गर्छ।

भाई रुन्छ।  बहिनी रुन्छे। (लिङ्ग)

केटो पढ्छ। केटाहरु पढ्छन्। (वचन)

भान्जो आयो। भान्जा आए। (आदर)

फरक रङका पदको पदवर्ग छुट्याउने कोसिस गरौँ।

बुढो घाँस काट्छ।

बुढो मान्छे घाँस काट्छ।

काली मुसुक्क हाँसी।

काली केटी मुसुक्क हाँसी

राम्रो माल टिकाउ हुन्छ।

टिकाउ माल राम्रो हुन्छ।