सुरुमा ह्रस्व हुने नियम
· नाम– व्युत्पन्न, अव्युत्पन्न, आगन्तुक
· सर्वनाम– एकाक्षरी बाहेक सम्पूर्ण
· विशेषण– व्युत्पन्न, अव्युत्पन्न, आगन्तुक (तीन, तीस, बीस बाहेक)
· क्रिया– धातु र क्रियापद
· अव्यय–
· उपसर्ग– सु, कु, वि, निस्, उप, दुर, नि आदि
· तत्सम शब्द– द्वि र त्रि अगाडि आउने
बिचमा ह्रस्व हुने नियम
· नाम– व्युत्पन्न, अव्युत्पन्न, आगन्तुक
· विशेषण– व्युत्पन्न, अव्युत्पन्न, आगन्तुक (तीन, तीस, बीस बाहेक)
· क्रिया– इच्छार्थकबाहेक सबै
नाम धातु–
· अव्यय–
· उपसर्ग– अनु, अभि, अति, अघि, प्रति, परि आदि
· प्रत्यय– इक, इका, इम, इमा, इष्ठ, उक– इनी÷नी प्रत्यय लागेका स्त्रीलिङ्गी पद
अन्यमा ह्रस्व हुने नियम
· नाम– हात्ती, स्वामी, खसी, सम्धी, जोगी बाहेक सबै पुलिङ्गी नाम
नपुंसक लिङ्गको उकारान्त
स्थानवाचक नामको उकारान्त
· विशेषण– आलु, एलु, आरु प्रत्यय लागेर बनेका विशेषण
· क्रिया– अन्त्यमा नु,छु आउने क्रिया
· अव्यय– अरी, तरी, ही प्रत्यय लागेका बाहेक (चाहिँ अपवाद)
· प्रत्यय– आइ, आइँ, याइँ, आउ प्रत्यय लागेर बनेका नाम
· शब्द– अन्त्यमा ति, नि, धि, पि, षि आउने शब्द
सुरुमा दीर्घ हुने
· संस्कृतबाट नेपालीमा आउँदा व्यञ्जन लोप भएका शब्द अर्थात क्षतिपूरकका रुपमा आएका केही शब्दहरुः मीत, पीठो, तीतो, सीप, मीठो, बूढो, दूबो, ऊन, रुख, पीपल आदि।
· सङ्ख्यावाचक विशेषण
· सूक्त, सूक्ति जस्ता सुरुमा उकार भएका शब्दमा सु उपसर्ग लागेमा
बीचमा दीर्घ हुने
· व्यञ्जनयुक्त इकार लागेका सङ्ख्यावाचक शब्दः चौबीस, तेत्तीस आदि।
· इच्छार्थक क्रियापद
· अनीय, ईय, ईन प्रत्यय लागेका शब्द
· करण, कृत, कार, भाव, भुत, जोडिएका शब्द
शब्दान्तमा दीर्घ हुने नियम
· नेपाली शब्दहरु अधिकांश रुपमा सुरु र बीचमा ह्रस्व अन्यमा दीर्घ हुने गर्दछन् ।
· नाम– स्त्रीलिङ्गी नामपद
· नपुंसक लिङ्गको इकारान्त
· स्थानवाचक नामको इकारान्त
· स्थान, नदी, तथा भाषा बुझउने शब्द
· पेसा, जाति, थर बुझाउने शब्द
· विशेषणबाट बनेका भाववाचक नामपद
· सर्वनाम–
· विशेषण– स्त्रीलिङ्गी विशेषण
· सबै विशेषण(आलु, एलु, आरु प्रत्यय लागेका बाहेक)
· सङ्ख्यावाचक शब्दहरु
· क्रिया– विद्यर्थ र स्त्रीलिङ्गी क्रियापद
· एर अर्थ दिने असमापक क्रिया(भनी, गरी आदि)
· अव्यय– अरी, तरी, ही प्रत्यय लागेका
· प्रत्यय– ई, वती, वी लागेका
· स्नेहबोधक शब्द– (बाबू, प्यारी आदि)
· आदरसूचक शब्द– (गुरुज्यू, रामजी आदि)
श, ष, स को प्रयोग
'श' को प्रयोग
· श, ष, स मध्ये कुनै दुईवटा सँगै आएमा अगाडि 'श'
· अगाडि पछाडि क, द, प वर्ण भएमा
· च वर्ग(च, छ, ज, झ) र ल का अघि
· विसर्गभन्दा अगाडि
· केही तत्सम शब्दहरुमा
'ष’ को प्रयोग
· ट वर्ग(ट, ठ, ड, ढ, ण) सँग
· क वर्ग(क, ख, ग, घ) को बगाडि
· प, भ, म, य, व वर्णका अगिपछि
· केही तत्सम शब्दमाः ईष्र्या, भेष, ऋषि, निमेष, औषधी, उत्कर्ष, सङ्घर्ष आदि।
'स’ को प्रयोग
· सम्पूर्ण आगन्तुक शब्दहरुमा
· प्रायः शब्दको बीचमा
· तद्भव र मौलिक शब्दमा
· स, सत्, सम्, सु, स्व, स्वयम्, आदि जोडिएका, शब्दको सुरुमा
· सर्वनाम, विशेषण तथा अव्ययमा
· धातु । क्रियापदमा
शिरविन्दु र चन्द्रविन्दुको प्रयोग
· तत्सम शब्दमा य, र, ल, व, श, ष, स, ह, ज्ञ भन्दा अगाडि शिरविन्दु प्रयोग गरिन्छ ।
· तद्भव र आगन्तुक शब्दमा चन्द्रविन्दु
· स्वरान्त धातुमा दा÷दै जोडिँदा चन्द्रविन्दु
· द्विस्वरान्त धातुमा ‘छ’ र ‘थ’ आएमा चन्द्रविन्दु
पञ्चम वर्णको प्रयोग
· क, ख, ग, घ र क्ष भन्दा अगाडि ङ्
· च, छ, ज, झ भन्दा अगाडि ञ्
· त, थ, द, ध, न र त्र भन्दा अगाडि न्
· प, फ, ब, भ,म भन्दा अगाडि म्
तत्सम र आगन्तुक शब्दमा चन्द्रविन्दु लाग्दैन । यस्ता शब्दमा उच्चारण अनुसार पञ्चम वर्ण लेखिन्छ ।- चङ्ख, अङ्ग्रेजी...
पदयोग र पदवियोग
पदयोग
· उपसर्ग द्वारा निर्मित शब्दहरु
· प्रत्यय द्वारा निर्मित शब्दहरु
· विभक्ति र नामयोगी
· समस्त शब्द
· द्वित्व शब्द
· मिलित क्रियाः गइसक्यो, गरिहाल, भनिदिएँ, सुन्नुपर्छ आदि।
· केही संयोजकः किनभने, तापनि, हुनत आदि।
पदवियोग
· विभक्तिपछि आउने नामयोगी
· लागि, निम्ति तथा दुई वटा विभक्ति सँगै आउँदा
· संयोजक
· तै÷दै, एको, एका, एकी प्रत्यय लागेका रुपपछि आउने सहायक क्रिया
· निपात