वाक्य परिवर्तनका काइदाहरूः(सरल-मिश्र-संयुक्त)


 सरल वाक्यबाट मिश्र वाक्यमा परिवर्तन

  • सरल वाक्यलाई कम्तीमा दुई भागमा टुक्रयाउने।
  • पहिलो भागमा असमापिका क्रिया छ भने त्यसलाई समापिका क्रियापद बनाउने, छैन भने त्यसलाई सुहाउँदो समापिका थप्ने।
  • दुई उपवाक्यमध्ये एकलाई स्वतन्त्र उपवाक्य र अर्कालाई आश्रित उपवाक्य बनाउने
  • दुबै उपवाक्यलाई सापेक्ष संयोजकले जोड्ने।

मिश्र वाक्यलाई सरल वाक्यमा परिवर्तन
  • आश्रित उपवाक्यको समापिका क्रियालाई असमापिका बनाउने।
  • आश्रित उपवाक्यलाई वाक्यमा बदल्ने।
  • उपवाक्यबीचको सापेक्ष संयोजक झिक्ने।
  • स्वतन्त्र उपवाक्य र आश्रित उपवाक्य वा त्यसको वाक्यांशलाई जोडेर एउटै उपवाक्य बनाउने।

संयुक्त वाक्यबाट मिश्र वाक्यमा परिवर्तन
  • एउटा उपवाक्यलाई स्वतन्त्र उपवाक्य नै कायम राख्ने।
  • अन्य उपवाक्यलाई आश्रित उपवाक्य बनाउने।
  • निरपेक्ष संयोजक हटाउने।
  •  सापेक्ष संयोजक द्वारा स्वतन्त्र उपवाक्य र आश्रित उपवाक्य जोड्ने।

संयुक्त वाक्यलाई सरल वाक्यमा परिवर्तन
  • एउटा सामापिका क्रियालाई यथावत राख्ने।
  • अन्य सामापिका क्रियालाई असमापिका बनाउने।
  • सबै स्वतन्त्र उपवाक्यलाई एउटै वाक्यमा संश्लेषण गर्ने। 
  • उपवाक्यका बीचमा रहेका निरपेक्ष संयोजकलाई हटाउने।