सप्रसङ्ग व्याख्या भनेको दिइएको गद्यांश वा पद्यांशको भावलाई प्रसङ्ग वा सन्दर्भसहित विस्तार गर्नु हो । यसबाट विद्यार्थीहरूमा पंक्तिमा रहेको संक्षिप्त भाव वा विषयवस्तुलाई विस्तृत रूपमा व्याख्या गर्ने सीपको विकास हुन्छ । यसरी कुनै पंक्तिविशेषमा निहित भावलाई बढाउने वा व्याख्या गर्ने क्रममा केही बुँदाहरूमा ध्यान दिनु अत्यावश्यक हुन्छ । ती बुदाहरू यसप्रकार छन् :
पहिलो अनुच्छेदः प्रसङ्ग
(क) सप्रसङ्ग व्याख्या गर्दा सबैभन्दा पहिले दिइएको गद्यांश / पद्यांशका शुरु र अन्त्यका | पदावलीका बीचमा थोप्ला चिन्ह (...) दिई शुरु गर्ने, (समय भएमा पुरै पङ्क्ति सार्ने)
(ख) दिइएको गद्यांश / पद्यांशको स्रोत उल्लेख गर्ने,
(ग) रचनाकार / लेखक/सम्पादकको नाम उल्लेख गर्ने, (पाठमा उल्लेख भए)
(घ) दिइएको गद्यांश वा पद्यांश कुनै पात्रको उक्ति वा भनाइ र आख्यानात्मक कृतिको अंश भए कसले, कसलाई किन भनेको हो सो को सन्दर्भ दिने,
(ङ) दिइएको गद्यांश/ पद्यांशको मूल आशयको सङ्केत गर्ने ।
दोस्रो अनुच्छेदः व्याख्या
(क) पूर्वप्रसङ्ग : गद्यांश/ पद्यांशको मपाठसँगको नजिकको सम्बन्ध देखाउने
(ख) मूल व्याख्या : पक्तिको भावको व्याख्या गर्ने । व्याख्या गर्ने मूलत: तीन प्रविधि
का छन्; ती हुन्:
अ. अ .तार्किक व्याख्या : विभिन्न तर्कद्वारा भावको पुष्टि गर्ने,
आ. विश्लेषणात्मक व्याख्या : पङ्क्तिभित्रका मुख्य मुख्य शब्दहरूको अर्थगत विश्लेषणद्वारा भावको पुष्टि गर्ने,
इ. अभिप्रायमूलक व्याख्या : पङ्क्तिमा रहेको आन्तरिक भाव लक्ष्यार्थ, व्यङ्ग्यार्थलाई स्पष्ट पार्ने ।
सप्रसङ्ग व्याख्या गर्दा दिइएको पद्यांश गद्यांशहरूको प्रकृति वा आशय हेरी उपयुक्त तीनमध्ये कुनै प्रविधिको प्रयोग गर्न सकिन्छ।
तेस्रो अनुच्छेदः निष्कर्षः
(क) मूल व्याख्यामा भनिएका कुराहरूको निचोड दिने,
(ख) आफ्नो विचार दिने ।