घटनाहरूका सिलसिला मिलाएर कुनै एक मीठो भाव वा विचार प्रतिपादन गर्ने कलालाई 'कथा' भनिन्छ । घटना निर्माण गर्नका निमित्त एक वा एकभन्दा वढी पात्रहरूका आवश्यकता पर्दछ । कथाको पात्र मान्छे मात्र होइन, स्याल, कुकुर, बाघ, सूगा, पशुपन्छी र ढुङ्गा, पहाड, नदी आदि जड वस्तुहरू पनि हुन सक्तछन् । कथामा यस्ता पात्र र घटनाका बीचमा अभिन्न सम्बन्ध रहेको हुन्छ । अत: विद्यार्थीहरूले कथा लेख्दा निम्नलिखित कुराहरूमा ध्यान दिनुपर्दछ ।
· प्रश्नमा दिइएको कथाको रूपरेखा ध्यानपूर्वक पढेर समग्रमा सो कथाको ढाँचा वा स्वरूप सोच्नु वा कल्पना गर्नुपर्दछ।
· दिइएका रूपरेखालाई सीमा वा परिधि मानेर उल्लिखित घटना र पात्रका बीच अन्तर्सम्बन्ध स्थापना गर्नुपर्दछ।
· उल्लिखित घटनालाई बङ्ग्याएर त्यसलाई बदल्ने काम गर्नुहुँदैन ।
· कथालाई रोचक, सुन्दर र जीवन्त बनाउनका लागि प्रसङ्ग अथवा घटनाको सिलसिलामा कुनै अनावस्यक प्रभाव नपर्ने गरी पात्रद्वारा उपयुक्त ठाउँमा छोटा सम्वादहरू दिन सकिन्छ।
· आवश्यक परेमा कथा तयार पार्दा एकभन्दा बढी तर ज्यादै सीमित रूपमा बनाउन सकिन्छ।
· कथाको रूपरेखाले निर्दिष्ट गरेका मूलभाव वा उद्देश्यभन्दा वाहिर किमार्थ जानुहुँदैन।
· अतिरिक्त काल्पनिक घटना र पात्र समावेश गर्नुहुँदैन ।
· मौलिक भाषाको प्रयोग गरिएको हुनुपर्दछ।
· तयार भएको कथाको भाव झल्कने गरी एउटा उपयुक्त शीर्षक पनि दिनपर्दछ।
· शीर्षक छान्दा वा तयार पार्दा एउटा सिङ्गो वाक्यलाई लिनुहुदैन, दुईचार शब्दसम्मको शीर्षक आकर्षक हुन्छ ।
कथाको रूपरेखाः
एउटा ज्यादै तिर्खाएको काग...................पानीको खोज............. एउटा घरको कौसीमा गाग्रो.....................पानी पींधमा मात्र.................. गाग्रीभित्र ढुङ्गाका टुक्राहरू ................पानी माथि आए पछि खाएर तृप्त ।
माथिको रूपरेखाका आधारमा बनेको कथा:
बुद्धिमान काग
गर्मी यामको टन्टलापुर घाममा एउटा काग तिखाले व्याकल भई कुनै रुखको हाँगामा बसेको थियो । त्यहाँ शीतल थियो तापनि त्यसको प्यास भने झन्झन् बढ्दै थियो । त्यसले मनमनै सोच्यो, "अब यहाँ वसेर भएन । पानी खोज्न जाने पर्यो । यतिकै बसे भने त म प्यासले मर्छ होला !” त्यसपछि त्यो विस्तारै उड्दै यताउति चहार्न थाल्यो, तर कहीं पनि पानी नभेट्दा सारै चिन्तित भयो। नजिकै खोलानालाहरू पनि थिएनन् । जङ्गल भित्र भएको एउटा कल्पना कवा पनि प्रचण्ड गर्मीले गर्दा सकेको थियो । तर, त्यो काग धैर्यवान् भएकाले पानी पाउने आशाले नजिकैको एउटा गाउँमा गयो र नभन्दै एउटा घरको कौसीमा गाग्रो देख्यो । “यस गाग्रोमा स्वादक अवश्यै पानी हुनुपर्दछ । अव भने मैले आफ्नो प्यास मेटाउन पाउने भएँ" - यस्तो विचार गर्दै त्यो काग गाग्रो भएनेर पुग्यो । | गाग्रोमा पानी त थियो, तर पिँधमा मात्र अलिकति भएकाले त्यसका चुच्चाले भेट्टाउनै सकेन । प्यासले त्यसलाई सताउनसम्म सताएको थियो । एकछिन गमेर त्यसले एउटा उपाय निकाल्यो । यताउतिबाट ढुङ्गाका स-साना टुक्राहरू चुच्चाले टिप्दै ल्याएर त्यस गाग्राभित्र खसाल्न थाल्यो । यसो गरेको केही बेरमै पिंधको पानी माथि आयो र त्यो मीठो पानी खाएर त्यो काग तृप्त भयो। - त्यसैले “जहाँ इच्छा, त्यहाँ उपाय” भनेको साँच्चै हो।
द्रष्टव्यः दायाँतर्फ दिइएका टिप्पणीहरू केवल जानकारीका लागि मात्र हुन्। विद्यार्थीहरूला उत्तर लेख्दा यस्ता टिप्पणीहरू दिनुपर्दैन ।