दृष्‍टिविन्दु

  • महिला मुक्ति आन्दोलनकी अगुवा
  • अन्तराष्ट्रिय श्रमीक महिला दिवसको संस्थापक
  • महिला अधिकार, समान कामका लागि समान पारिश्रमीक, राजनीतिमा महिला सहभागिता, सहशिक्षा र व्यावहारिक शिक्षा जस्ता विचारका प्रणेता
  • युद्धको विरोधी शान्तिको पक्षपाती
  • व्यक्तिगत स्वार्थलाई त्यागेर सामूहिक हितमा जीवन व्यथित गर्ने सङ्घर्षशील नारी
  • योजना, सङ्घर्ष, त्याग र समर्पणबाट जीवनलाई सार्थक बनाउन सफल नारी

नमुना प्रश्न न. ११ (अदृष्टाशं १ ५), १२ (बुँदा टिपोट र साराशं), १४ (व्याख्या), १५ (बोध), १६ (तार्किक), १७ (विवेचना)
  • सङ्क्षिप्त– क्लारा विश्वयुद्धको विरुद्धमा किन लागिन्?
  • तर्क– क्लारा जेटकिन मोजमस्तीको जीवनशैली त्यागेर श्रमीक महिलाई शिक्षा दिने काममा लाग्नु उचित थियो? तर्क दिनुहोस्।
  • व्याख्या– उनी सुख सयल र मोजमस्तीको जीवनशैली त्यागेर श्रमीक महिलाई शिक्षा दिने काममा सकृय बनिन्।
  • विवेचना– महिला हक अधिकारका लागि क्लारा जेट्किनले के कस्ता काम गरिन्, विवेचना गर्नुहोस्।

विस्तृत

अनुच्छ्द २.
  • जन्मः सन् १८५७ जुलाई ५ जर्मनीको सक्सोनी
  • बाबुः गोटफ्रिड इजियर
  • आमाः जोसेफिन भिटल इजियर
  • बाल्यकालको नामः क्लारा इजियर
  • बाबु शिक्षक, आमा महिलासँग सम्बन्धित कार्यमा सकृय रहेकाले क्लारा पनि ग्रामिण परिवेशमा हुर्केकाले उनले गरिबी र शोषणमा परेका मानिसको वास्तविकतासँग जानकार भएकाल बाल्यकालदेखिनै उनमा गरिबी र शोषणविरोधी चेतना विकास भएको
अनुच्छ्द ३    .
  • शिक्षा आर्जन घरबाटै सुरु
  • बाबुको निजी पुस्तकालय रहेको, क्लारा विद्यालयका साथै घरमा पनि पढ्ने
  • १५ वर्षको उमेरमा माद्यमिक तह पुरा गरेकी
  • विश्वविद्यालय पढ्न चाहेतानि त्यसबेला जर्मनमा महिलाका लागि सम्भव नभएकाले शिक्षक प्रशिक्षण संस्थामा भर्ना हुनु
अनुच्छ्द ४.
  • पढाउनप्रति मन नजानु
  • समाजमा रहेको महिला माथिको विभेद, पुरुषको अनुमतिविना महिला घरबाहिर निस्कन नपाउने अवस्था, सम्पत्तिमा महिलाको अधिकार नहुनु, राजनीतिक पार्टीमा महिलाहरुको संलग्नता प्रतिबन्ध, श्रमीक महिला घर र कारखाना दुबैतिर उत्पीडित हुनु आदि समस्या उनलाई मन नपर्नु
  • यसको समाधान गर्न विभिन्न पुस्तक र पत्रिकाहरु पढ्नु, बैठकहरुमा भाग लिनु, संघसंस्थाहरुको सम्पर्कमा पुग्नु
  • यसै क्रममा वैज्ञानिक समाजवादी विचारका रसियन मूलका ओसिप जेट्किनको विचारसँग प्रभावित हुनु र पछि उनीसँग प्रेम सम्बन्ध रहनु
  • आफ्नो सुखसयलयुक्त जीवन त्यागेर श्रमीक महिलाको शिक्षामा सकृय हुनु
अनुच्छ्द ५.
  • तात्कालिन जर्मन सरकारले सन् १८७८ मा समाजदीहरुमाथि प्रतिबन्ध लगाउनु
  • ओसिप जेट्किनलाई देश निकाला गर्नु, क्लारा पनि देश छोडेर अस्ट्रिया गई फ्याक्ट्री मजदुरका रुपमा काम गर्नु पछि पेरिसमा आई ओसिपसँग अनौपचारिक विवाह गर्नु
अनुच्छ्द ६.
  • पेरिसमा रहँदा क्लारा र ओसिप दुबैलाई क्षयरोग लाग्नु, यसैबीचमा दुई सन्तान (म्याक्सिम र कोस्टाइन) जन्मेकाले जीवन धान्न धौधौ परेको
  • क्षयरोग लागेपनि क्लाराले श्रमीक र महिलाहरुका हकहितमा काम गरेकी, पुनः जर्मन आई एक सार्वजनिक सभामा सार्वजनिक भाषण गर्नु
अनुच्छ्द ७.
  • क्षयरोगले सन् १८८९ ओसिपको प्राण लिएकाले एक दसकपछि क्लाराले सन् १८९९ मा फ्रेडरिक जन्डलसँग विवाह गरेतापनि ओसिपसँगको प्रेमको उच्च सम्मानस्वरुप आफ्नो नामको पछाडि जेट्किन राख्नु
  • फ्रेडरिकसँगको सम्बन्ध पनि सन् १९२६ सम्म रहनु
अनुच्छ्द ८.
  • सन् १८९० मा जर्मन सरकारले समाजवादीहरुमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेपछि क्लारा जर्मन सोसल डेमोक्रटिक पार्टीमा रहेर राजनीतिमा संलग्न हुनु,
  • त्यस बेलासम्म पनि महिलालाई राजनीतिमा औपचारिक संलग्नताको अधिकार नरहेकाले अनौपचारिक रुपमै भएपनि सकृय सङ्घर्षका कारण सन् १९०६ मा उनी पार्टी शिक्षा केन्द्रीय समितिको सदस्य बन्नु, उनले पार्टीको पाक्षिक प्रकाशन ‘डाइ ग्लेथिट’ (समानता) को सम्पादक हुनु
  • पत्रिका मार्पmत जर्मनमा प्रचलित धार्मिक शिक्षाभन्दा वैज्ञानिक तथा व्यवहारिक शिक्षा प्रभावकारी हुने विचार राख्नु साथै महिला शिक्षा, सहशिक्षाको बारेमा धारणा राख्नु (अनुच्छ्द ९)
  • उनले महिलाहरुलाई राजनीतिक पार्टीमा संलग्नता हुनुपर्छ भनी आवाज उठाउनु र सन् १९०८मा जर्मनमा त्यो अधिकार प्राप्त हुनु
  • उनी अन्तराष्ट्रिय महिला आन्दोलनकी एक अगुवाका रुपमा स्थापित भई सन् १९०७ देखि सन् १९१७ सम्म अन्तराष्ट्रिय महिला आन्दोलनकी सचिव रहेर सङ्घर्ष गर्नु
  • सन् १९१० मा कोपन हेगेनमा उनले राखेको हरेक ८ मार्चमा अन्तराष्ट्रिय महिला दिवस मनाउने प्रस्ताव पारित भई सन् १९११ मार्च ८ देखि मनाउन सुरु हुनु
  • क्लारा नारी दिवसकी प्रणेता बन्नु

अनुच्छ्द १०.
  • विश्व युद्धको विरोधी क्लाराले आपूm संलग्न पार्टीलाई युद्धको विपक्षमा लाग्न आग्रह गरेतापनि पार्टीको बहुमतले युद्धमा जाने जर्मन सरकारको नीतिलाई समर्थन गर्नु
  • क्लाराले आफ्ना साथीहरुसँग मिलेर विश्वयुद्ध विरोधी जनमत बटुल्न सुरु गर्नु, उनकै पहलमा सन् १९१५ मा विश्वयुद्ध विरुद्ध अन्तराष्ट्रिय महिदला सम्मेलन हुनु
  • उक्त सम्मेलनमा क्लाराको युद्ध केवल धनी राष्ट्रको पक्षमा रहेकाले युद्ध विरोधी अभियान चलाउने प्रस्ताव पारित हुनु
  • पहिलो विश्वयुद्ध भइरहँदा पनि क्लाराले युद्ध  विरोधी आवाज उठाइरहेकाले जर्मन सरकारले उनलाई पक्रने र यातना दिने गरेकाले उनी रोगी बन्नु
अनुच्छ्द ११.
  • आफू संलग्न जर्मन सोसल डेमोक्रेटिक पार्टीसँग विचार नमिलेपछि, सन् १९१८मा जर्मन साम्यवादी पार्टीको स्थापना गर्नु
  • राजनीतिक पार्टीमा महिला सहभागिता बढाउने विषयलाई महत्वका साथ विभिन्न राजनीतिक नेताहरुसँग कुरा गर्नु
  • सन् १९२० देखि १९३२ सम्म जर्मन संसद ‘रिचस्टेग’ को सदस्य भएर कार्य गर्नु
  • सन् १९३३मा जर्मनमा हिटलरको सासन सुरु भएकाले क्लाराको जर्मन साम्यवादी पार्टीमाथि प्रतिबन्ध लागेपछि उनी सोभियत सङेघमा निर्वासित हुनु
  • निर्वासनमै रहेको बेला सन् १९३३ जुन २०का दिन ७६ वर्षको उमेरमा क्लाराले प्राण त्याग्नु