कथामा चरित्रचित्रण
कुनै खास व्यक्तिको आन्तरिक परिचय जे हो, त्यसलाई त्यही रुपमा कथामा प्रस्तुत गर्ने विधि वा कलालाई नै चरित्रचित्रण भनिन्छ। चरित्रचित्रण गर्ने विधि दुई प्रकारका छन्ः
ती हुन्ः
१. प्रत्यक्ष विधि
कथामा पात्रबारे स्वयम् कथाकारले नै भनिदिएको हुन्छ अथवा कुनै पात्र कस्तो स्वभाव वा प्रवित्तिको व्यक्ति हो भन्ने प्रश्नको उत्तर कथाका अनच्छेदमै लेखिएको हुन्छ।
२. नाटकिय विधि
कथाका कुनै पात्रका बारेमा कुनै अनुच्छेदमा पनि केही भनिएको हुँदैन। पात्रको क्रियाकलाप व्यवहार, सोचाई वा चिन्तन, बोलीवचन, मिजास आदिका आधारमा स्वयम् पाठकले नै त्यस पात्रको चरित्रबारे मुल्याङ्कन गर्नुपर्ने हुन्छ। पात्रबारे सोच्न पाठकवर्गकै जिम्मा छोड्ने यो विधि निकै लोकप्रिय छ।