निबन्ध रचना गर्दा सर्वप्रथम लेखिने निबन्धको शीर्षकसँग सम्बन्धित कुराहरू के के हुन् सक्छन् सोचेर चिन्तन गरी बुँदाका रूपमा तिनलाई टिपोट गर्नुपर्छ ।
Ø बुँदा टिपोट गर्दा आदि, मध्य र अन्त्य छुट्टा छुटटै भागलाई खेस्राको रूपमिा तयार गर्नुपर्छ । यो व्रmम निबन्ध लेखनमा अभ्यस्त नभएसम्म अपनाउनु राम्रो मानिन्छ ।
Ø निबन्ध लेखनमा विषयवस्तुको प्रस्तुतीकरण गर्दा वाक्य वाक्य वा अनुच्छेदका बिच सङ्गति मिलाउँदै शुद्ध, सरल र स्पष्ट भाषाको प्रयोग गरी अन्तिम रूप दिनुपर्दछ ।
Ø यस किसिमको निबन्ध लेखन गर्दा २०० शब्दमा नघटाई लेख्नुपर्छ ।
क) आदिभाग – शीर्षकको परिचय वा परिभाषा दिने ।
ख) मध्य भाग – विषयवस्तुको वर्णन, महत्त्व, उपयोगिता, चिन्तन, राम्रा नराम्रा पक्षकाबारेमा व्याख्या गर्ने ।
ग) अन्त्य भाग – सार एवम् निष्कर्ष, आफ्नो विचार वा टिप्पणी लेखेर समापन गर्ने ।
निबन्ध परिचय
कुनै विषय शीर्षकमा केन्द्रित रही त्यस सम्बन्धी विषयवस्तुलाई विस्तार गरी गद्य शैलीमा व्रmमबद्ध तथा व्यवस्थित रूपमा प्रस्तुत गरी लेखिएको वस्तुपरक अभिव्यक्तिलाई निबन्ध भनिन्छ ।
निबन्ध लेख्दा ध्यान दिनुपर्ने कुराहरू
सर्वप्रथम निबन्धको शीर्षक लेख्नुपर्दछ । सम्बन्धित शीर्षकलाई समेट्ने गरी निबन्धको संरचना बनोट लाई तिन भागमा वितरण गर्नुपर्दछ ।
क) परिचय भाग
यो भाग निबन्धको शीर्षक लेख्नुपर्दछ । सम्बन्धित निबन्धको शीर्षक परिचय दिइन्छ । यस खण्डमा लेख्न लागिएको निबन्धको मूल भाव वा विचारलाई छोटो र प्रभावपूर्ण ढङ्गले प्रस्तुत गरिन्छ । यसलाई करिब एक अनुच्छेदमा लेखिन्छ ।
ख) विस्तार भाग
यो भाग निबन्धको मध्य भाग हो । यसलाई निबन्धको मुख्य खण्ड मानिन्छ । यसमा निबन्धको विस्तृत रूपमा विस्तार गरिएको हुन्छ । शीर्षकस“ग सम्बन्धित विषयवस्तुलाई क्रमिक र सङग् ठित रूपमा प्रस्तुत गरिएको हुन्छ । यो खण्ड आवश्यकता अनुसार परिचय खण्डभन्दा पाँच गुणा बढी हुन्छ ।
ग) अन्त्य भाग
यो निबन्धको अन्तिम भाग हो । यसलाई निबन्धको निष्कर्ष वा उपसंहारका रूपमा लिइन्छ । यस भागमा निबन्धको बिचको विस्तार खण्डलाई निचोडका रूपमा प्रस्तुत गरिन्छ । यो खण्ड निबन्धको परिचय खण्ड जत्तिकै एक अनुच्छेदको हुन्छ ।
शै. सा. बालकृष्ण अधिकारी