थाङ्का (निबन्ध)


                                             

थाङ्का चित्रमा रङ्ग योजना
·         थाङ्का चित्रमा देवी देवता अनुसार रङ्ग प्रयोग गर्ने चलन
·         कुन देवी देवताको चित्रमा कुन रङ्ग प्रयोग गर्ने भन्ने  निश्चित नियम रहेको
·         पञ्च अमिताभ रातो रङ्ग
·         मेडिसियन, मैत्रेयी निलो रङ्ग
·         अमोद सिद्धि, हरियो तारा हरियो रङ्ग
·         शाक्यमुनि, मञ्जुश्री र ज्याम्बला पँहेलो रङ्ग
·         रोचन, वज्रसत्त्व, अवलोकितेश्वर, सेतो तारा, सेतो रङ्ग
·         रङ्ग बनाउन पहिले रुखका पात, बोक्रा, जरा, खरानीको रसायन आदिको प्रयोग हुने गरेको

थाङ्काको इतिहास
·         थाङ्काको इतिहास दसौं शताब्दिबाट सुरु भएको
·         नेपाल तिब्बत स्वतन्त्र व्यापारको सिलसिलामा यसको विकास भएको
·         त्यस समयमा बौद्धमार्गीहरुको नेपाल र तिब्बतमा स्वतन्त्र रुपले आवतजावत हुने गरेको
·         त्यस बेलामा पनि कपडामा तयार गरिएको देवी देवताको पूजाआजा गर्ने प्रचलन रहेको
·         कपडामा लेखिएका वा कोरिएका चित्रलाई टिकाउ बनाउने क्रममा थाङ्काको विकास भएको
·         हाल थाङ्का नेपाल, तिब्बत, चिन, भुटान लगायतका देशमा उत्पादन हुने गरेको

थाङ्काको महत्व
·         थाङ्का कलाप्रेमीका लागि उत्कृष्ट कला कृति
·         बौद्ध मार्गीका लागि आस्थाको प्रतीक
·         शान्तिप्रेमीका लागि शान्तिको प्रतीक
·         गुम्बा र घरमा सजाइने र पुजिने पवित्र वस्तु
·         बौद्ध मार्गीका मानिस मर्दा इष्ट देवता अनुसारको थाङ्का मृतकका नाममा गुम्बामा चढाउने प्रचलन रहेको
·         पर्यटकले पनि बौद्धभूमिको चिनोको रुपमा थाङ्का किन्ने चलन रहेको
·         अन्य धर्मका मानिसहरु पनि हाल आआफ्ना देवी देवताका चित्र थाङ्का बनाउन थालेका
·         विश्वव्यापी रुपमा थाङ्काको खरिद बिक्री गर्ने व्यापार फस्टाउँदो अवस्थामा
·         हाम्रो मौलिक आर्थिक उत्पादनको वस्तुका रुपमा रहेको

निष्कर्ष
·         थाङ्का नेपालको विविधतापूर्ण संस्कृतिको उपज
·         नेपाली कला संस्कृतिको एउटा अङ्ग
·         यस प्रकारका विविध कला र संस्कृतिको मेलबाट नै नेपाली कला र संस्कृतिले पूर्णता पाउने
·         थाङ्काको धार्मिक, संस्कृतिक, आर्थिक, व्यवसायिक महत्व रहेको
·         नेपालको मौलिक उत्पादन
·         नेपाललाई विश्वमा चिनाउने संस्कृतिक वस्तु
·         विदेशी मुद्रा आर्जनको माध्यम
·         यस कलाको प्राचीन महत्वलाई कायम राख्दै संरक्षण र सम्बर्द्धनको आवश्यकता रहेको
...........................................