इतिहास पुराण र सामाजिक जीवनबाट लिइएका विशेष अर्थ हुने प्रतिकार्थक शब्द भनिन्छ। ज्यादै लोकप्रिय बनिसकेका त्यस्ता शब्दहरुले लाक्षणिक अर्थमात्र होइन व्यङ्ग्यार्थ पनि जाहेर गर्छन्। यस्ता केही विशेष शब्दहरु यसप्रकार छन्
अगस्ती घिचुवा, खन्चुवा
पानी तागत, बल
महाभारत लडाइँझगडा
कालो विरोध, अपशकुन
कुम्भकर्ण सुताहा
खोस्टो बिनाकामको, मूल्यहीन
गङ्गा पवित्रता
गधा मूर्ख
गोरु एकोहोरो, सुझबुझ नभएको
विदुर विवेकी, ज्ञानी, विद्वान्
सकुनी कपटी, षड्यन्त्रकारी
सागर विशाल
दुर्वासा रिसाहा
देउता भद्र, सज्जन
नारद कुरौटे
आँखो तारो, लक्ष्य
आकाश शून्य, रित्तो, विशाल
मुनि सज्जन, साधु
राक्षस बदमास
रातो क्रान्ति, सौभाग्य
लक्ष्मणरेखा सीमा, मर्यादा
गौप्राणी सोझोसिधा
चन्द्रमा शीतलता
चमेरो जता पनि ठिक्क हुने
सुँगुर फोहोरी, अल्छे
हंस आत्मा
हिमालय अटल
दधिची त्यागी
हनुमान भक्त