जय भुँडी
- भैरव अर्याल
- हास्यव्यङ्ग्य निबन्ध
मूल मर्म
- समाजमा विद्यमान असमानता र सामाजिक शोषणप्रति व्यङ्ग्य,
- समाजमा निम्नवर्ग र उच्च वर्गबिच द्वन्द्व रहेको,
- समाजमा असमानता तथा विभेद अन्त्य नभएसम्म द्वन्द्व चलिरहने,
- मानिस यो द्वन्द्व निराकरणमा भन्दापनि अनुयायी बनेका,
- यस्तो सामाजिक संरचनप्रति तीखो व्यङ्ग्य,
- अतः समाजिक विभेद पर्दाफास गर्नु नै निबन्धको मूल व्यङ्ग्य।
सार
- जय भुँडी- भुँडीको जय/ कल्याण/ भलो होस्
- भुँडीको माध्यमबाट मानिसलाई बोध गराई मानिसको व्यङ्ग्य गरिएको
- मानिसका बिचमा वर्गीय असमानता रहेको
- समाजमा रहेका शोषण, अन्याय, अत्याचार र असमानताबाट भुँडीको वर्ग सिर्जना भएको
- निबन्धकारले गरेका भुँडीको वर्गीकरणः
- हाँडीघोप्टे भुँडी-
सकेसम्म अरुको सारा भाग आफ्नै भुँडीमा घोप्टयाएर दुनियाँमा भुँडीवादको सिद्धान्त लाद्न खोज्ने
हाँडीघोप्टे भुँडी सँधै हाँडीजस्तै मुख बाइरहनेयसले कर्म-कुकर्म, सर्म- बेसर्म, धर्म- अधर्म नहेर्ने
नैवेद्यका ठुला ठुला स्रोतहरु हाँडीघोप्टे भुँडीले सिद्याएका
- घ्याम्पे भुँडी-
हाँडीघोप्टे भन्दा अलि सानो भएपनि स्वभाव उस्तै रहेको
- टाकन टुकन भुँडी-
यस्ता भुँडीलाई नैवेद्य जुटाउन सत्रतिर दारा ङिच्याउनुपर्ने
- ठण्डाराम भुँडी-
माथिका सबै भुँडीले नैवेद्य सिद्याएपछि रित्तो परेको भुँडी, जसलाई अरू भुँडीले धपाउने, अपमान गर्ने वा भेडाको भाउमा किनमेल गर्ने
- धनी वर्गका मानिस थोरै रहेका तर उनीहरुसँग स्रोतसाधन, धनसम्पत्ति मनग्ये भएको जसले शोषण, अन्याय, अधर्म र कुकर्म गरेर कमाएका
- ठण्डाराम भुँडी/ गरिब, शोषित वर्ग – उत्पीडन र अन्याय भोग्नुपरिरहेको
- संसारमा गरिबहरुको जनसङ्ख्या वृद्धि भइरहेको जो देश पलायन हुने, जोखिमयुक्त काम गरेका, बाध्यताले गलत कदम उठाउने गरेका
- भुँडीका लागि संसारमा ठुला ठुला युद्ध भएका जुन भुँडीको समानताका लागि भएका
- कार्ल मार्क्सले समान तरिकाले भुँडीपूजा/ खान पाउने व्यवस्था अर्थात समाजवादी आर्थिक तथा सामाजिक व्यवस्थाले मात्र समाजको वर्गीय अवस्थाको अन्त्य हुने विचार निबन्धमा व्यक्त
केही समस्या समाधान प्रयास
भुँडी अधिष्ठात्री मान्नु
भुँडीका लागि भएका काटमार द्वन्द, असमानता हटाउनेतिर लाग्नुभन्दा त्यसकै मलजल गरेकाले व्यङग्य रुपमा सामाजिक असमानताको पूजक हौँ भनिएको
भुँडीपुजाको समान पद्धति
भुँडीपूजाको वैज्ञानिक पद्धति अपनाउनुपर्ने, सामाजिक असमानता हटाउनुपर्ने, भेट्दा सबै रित्याउने नभेटे ठण्डाराम हुनुपर्ने प्रवृत्तिमा सुधार गर्नुपर्ने, धनी सम्पन्न वर्गले गरिब विपन्न वर्गलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने, सामाजिक, राजनीतिक हरेक पक्षमा समान र वैज्ञानिक पहुँच हुनुपर्ने इत्यादि।
पेटका कारण द्वन्द्व
- विश्वमा थुप्रै युद्ध भएका
- आदि कालबाट पेटकै लागि सञ्चय र पहुँचले सम्पन्न र विपन्नको सृजना भएको
- पेटकै कारण आजपनि सङ्घर्षहरु भएका
- हुनेखाने भन्दापनि हुँदा खानेको सङ्ख्या बढी हुँदा मानिसमा आपसी वैमनुष्य बढेको
- विभिन्न राजनैतिक नीति तथा दर्शनहरु पेटको समान पूजाको लागि सिर्जिएको
- सङ्घर्षका क्रममा थुप्रैले ज्यान गुमाएका
- भुँडीकै लागि शरीर बेच्ने तथा अन्य कुकर्मसम्म भएका