एउटा बालकले तोते बोली बोल्न थालेपछि आफ्नै प्रकारका विशेष शब्द वा शब्दावलीहरू प्रयोग गरेर मनका भाव र कुराहरू व्यक्त गर्दछ । उसको संसारमा गोलो चन्द्रमा 'पापा' / 'देउती' बन्दछ र तर्साउने चाहिँ 'हाउगजी' बन्दछ । वस्तु र क्रियालाई बुझाउने आफ्नै प्रकारको प्रतीकार्थक भाषाले उसको सौन्दर्यबोधलाई जनाइरहेको हुन्छ । बालबोलीका यस्ता केही शब्दहरू यसप्रकार छन् :
आगो - फुई
उठ्नु - थिरी गर्नु
किरा - किरी
कुकुर - कुती
कुटनु - पाई गर्नु
खसी/बाखा - मने मुनी
गहना - चाचा
गाई - बब/बाँ
घाउ - झी घोडा
चढ्नुञ - हट्हट् गर्नु
चरो - चरी
जात्रा - झ्याइँझ्याइँ
तेल - तेते
दिसा - आची
नुहाउनु - हरहर गर्नु/न्वाइन्वाइ गर्नु
निदाउनु - निनी/नुनु गर्नु
पकाउनु - पाकपाक गर्नु
पढ्नु - ककनन गर्नु
पानी - पाँ
पिउनु - पु गर्नु
पिसाब गर्नु - सु गर्नु
विरालो - सी
भात - माम
मासु - चिची
मिठाई - पापा/मिठी
लुगा - नाना
हिँड्नु - ताती गर्नु