पृष्ठभूमि

  • पौराणिक ग्रन्थ रामायणमा आधारित कथा
  • महाभारत, रामायण जस्ता ग्रन्थ पूर्वीय साहित्यका महाकाव्य रहेका
  • रामायण वाल्मीकि ऋषिले रचना गरेका अन्य थुप्रै साहित्यकारले रामायणलाई विभिन्न भाषामा अनुवाद गरेका
  • नेपालीमा पनि आदिकवि भानुभत्त आचार्यले रामायणको रचना गरेका
  • रामायणमा पुरुषेत्तम रामर आदर्श नारी सीताको वर्णन गरिएको
  • रामलाई भगवान विष्णु र सीतालाई लक्ष्मीको अवतार मानिने
  • राम र रावणबीचको युद्धलाई सत्य र असत्यबीचको लडाईँको रुपमा लिइने
  • रामायणमा अयोध्याका राजा दशरथको छोरो राम र मिथिलाका राजा जनककी छोरी सीतासँग विविह भएको
  • राम आफ्नी पत्नी सीता र भाई लक्ष्मणका साथ वनवासमा रहेका बेला रावणले षड्यन्त्र गरी सीतालाई अपहरण गरेपछि द्वन्द्व सुरु भएको
  • युद्धमा रावणको प्राण गएपछि अब लङ्काका राजा को बन्ने भन्ने विषयमा छलफल हुने क्रममा कथा सुरु भएको


कथासार

  •  रावणको मृत्यु भएपछि रातमा विभीषणलाई निन्द्रा नलागेको
  • लक्ष्मणलाई पनि निन्द्रा नलागेको
  • शत्रुता भएतापनि युद्धमा स्वजनहरु ( आफ्ना परिवार, नातेदार) मारिएकाले विभीषणलाई चिन्ता परेको लक्ष्मणले अड्कल काट्नु
  • भाउजु सीता अपहरण मुक्त भएकोमा, लङ्कामाथि विजय प्राप्त गरेकोमा, युगकै वीरपुरुष भनेर चिचिने इन्द«जित (मेघनाथ, रावणको छोरा जसले इन्द«लाई जितेका थिए) लाई हराएकोमा र वनवासको अवधि पनि सिद्धन लागेकोमा लक्ष्मणलाई खुसी लागेको
  • विहान सवेरै लक्ष्मण र विभीषण एउटा रुखको फेदमा बसी कुराकानी गर्नु
  • विभीषणले युद्धमा आफ्नै परिवार, दाजुभाइ र आफन्तहरु मारिएकोमा चिन्ता व्यक्त गर्नु
  • उनले रावणलाई लालच, अन्याय, अत्याचार, अहङ्कार र असत्यको पक्षमा नलाग्न आग्रह गर्दा आपैmमाथि कुलद्रोह र राजद्रोहको आरोप लगाएर देश निकाला गरेपछि आपूm सत्य र व्यायको पक्षमा लागेको बताउनु
  • लक्ष्मणले रावणको मुत्यु अहम र घमण्डका कारण भएकाले विभीषणको दोष नरहेको, अब लङ्का राज्य विभीषणले सम्हाल्नुपर्ने प्रस्ताव राख्दा विभीषणले राजा बन्न पराइ गुहारेर स्व्जनहरु मारेको दोष लाग्ने डर व्यक्त गरेको
  • लडाइँमा जितेको भूभाग स्वतः विजेताको हुने बताउँदै अब रामलाई लङ्काको राजा प्रस्ताव गर्ने र नमो लक्ष्मण राजा बन्न अनुरोध विभीषणले गरेको
  • दुबै मिली रामलाई लङ्काको राजा बन्न प्रस्ताव राखेका
  • रामले लङ्का जस्तो शान्त, समृद्ध र सुन्दर राज्यको राजा बन्न पाउनु सौभाग्य भएतापनि स्वर्गभन्दा प्यारो र आमाभन्दा महान आफ्नो राष्ट्रलाई लत्याएर आफू सुख र सुविधाको पछि नलाग्ने बताउनु
  • आफूले युद्ध सत्यको पक्षमा लडेको न कि राज्य प्राप्तिको निम्ति भनी रामले सम्झाउनु
  • विभीषणलाई लङ्काको राजा बनाई राम, लक्ष्मण र सीता अयोध्या फर्कनु
  • रामराज्यको स्थापना गर्नु


मूल भाव

  •  राष्ट्रप्रेमको सन्देशः जन्मभूमि र आमा स्वर्गभन्दा महत्वपूर्ण हुने (रामं)
  • सत्कर्म र सत्मार्गका लागि आफन्त छोड्न तयार हुनुपर्ने (विभीषण)
  • अहम्कार, घमण्ड, लालच र कुविचारले वैभव र प्राण पनि सकिने (रावण)
  • सुख सुविधाको लागि जन्मभूमिलाई लत्याउन नहुने (राम)
  • जन्मभूमिलाई स्वर्गभन्दा माथि र आमासमान महत्व दिनुपर्ने (राम)
  • सम्पूर्ण देशवासी मिलेर देशलाई माया गर्ने, देशका कमजोर पक्ष सुधार्ने, सिङ्गो देशलाई घर सम्झेर सबैलाई समान व्यवहार गर्ने, देशविकासमा लाग्ने हो भने समृद्ध रामराज्य बन्न सक्ने (राम)


प्रसङ्ग (प्रश्न न. १४ र १७ का लागि)

प्रश्तुत उद्धरण नेपाली किताब (कक्षा १०) मा रहेको ‘जन्मभूमि’ कथाबाट साभार गरिएको हो । पाठ्यपुस्तककै लेखक तथा सम्पादक लेखकका रुपमा रहेका यस कथाले रामायणको एउटा सानो प्रसङ्गलाई लिएर देशप्रेमको भावना सिकाएको छ । जन्मभूमि भन्दा सुन्दर र महान् अरु केही नहुने, क्षणिक सुख र सुविधाका लागि जन्मभूमिबाट विमुख हुन नहुने मूल सन्देश प्राप्त गर्न सकिन्छ ।.....(सन्दर्भ)