सन्तुष्‍टि (नीतिप्रधान कविता)


                                                             भरतराज पन्त


जन्मः वि. सं.        १९८६ असार ३०, फसिखेल, काठमाडौँ

मृत्युः वि. सं.         २०६५ वैशाख १८

प्रमुख कृतिः          जूनकिरी (कविता सङ्ग्रह, २०२३)

                    चन्द्रहास (खण्डकाव्य, २०३९)

                    दोभान (महाकाव्य, २०४१) आदि

कवितात्मक विशेषताः  शास्त्रीय छन्दमा कविता लेख्ने

                    मानवतावादी कवि

                    प्रकृतिको चित्रण गर्ने

                    समाजको विकृति र विसङ्गतिको उजागर गर्ने

शीर्षकः सन्तुष्टिः 

सम् + तुष्टि = आनन्द, प्रसन्नता

अनुष्टुप छन्द (वार्णिक छन्द)

  • संस्कृत भाषाको एउटा अत्यन्तै प्रसिद्ध छन्द
  • श्रीमद्भागवत, श्री सुक्तम, विष्णु सहस्रानाम आदिको रचना यसै छन्दमा रहेको
  • आठ अक्षरको एक पाउ रहने
  • प्रत्येक आठ अक्षरमा विश्राम

मूल भाव

  • सन्तोषम् परम सुखम
  • सन्तुष्ट हुन धेरै लालची हुन हुन हुन्न ।
  • आफूलाई उपभोग गर्न पुगे त्यसैमा रमाउनुपर्छ ।
  • एक पेट खान र एकसरो लाउन पुगे शिर ओताउन एउटा झुपडी र आराम गर्न तीन हातको जमिन भए मानिसलाई पुग्दछ ।
  • धेरै विलासी बन्न हुन्न, आफ्नो काम आफै गर्न सक्नुपर्छ ।
  • मिजासिलो नबन्नु, आवश्यक भन्दा बढि धन थुपार्नु, काम नगरी अरुलाई दुःख दिनु, छलकपट गर्नु, दुःख/असन्तुष्टिको कारण हुन् ।
  • कर्मलाई पुजा गरे, पृथ्वीलाई स्वर्ग ठाने, सहि र गलत छुट्याउन सके र जीवनलाई सकेसम्म सरल बनाउन सके सन्तुष्ट (आनन्दित/प्रसन्‍न) हुन सकिने सन्देश पाइन्छ ।
व्याख्या

१. आफूलाई चाहिनेभन्दा बढि लालच गर्न नहुने, एक पेट खान र एकसरो लाउन पाए पुग्ने,

२. घाम पानी छेक्न एउटा झुपडी भए पुग्‍ने, शरीरलाई आराम गर्न जमिनको सानो टुक्रा भए पुग्ने,

३. आफैँ काम गर्न सके जाँगरी बन्न सके कसैलाई गुहार माग्न नपर्ने र कसैले दोष लाउन नसक्ने,

४. सुख सयलको कुनै परिधि नभएकोले ती केवल क्षणिक हुन् त्यसैले दीर्घकालिन खुसिका लागि मिठो बोली र सच्चा मित्रताको खाँचो पर्ने,

५. समाज विरोधक कार्य ( अन्याय, अत्याचार भ्रष्टाचार जस्ता कार्य) ले आनन्द नमिल्ने बरु भएको सन्तुष्टिपनि रित्तिने, छलकपट गरेर आफूलाई अब्बल ठहर्‍याउने कार्यले पनि आन्तरिक रुपमा पीडा दिइरहने,

६. काम गर्न अल्छी गर्ने, नखाइकन जोगाउने र अरुलाई दिन नसक्ने सँधै दुखी रहने,

७.अर्काको धनसम्पत्ति, काम खोस्ने, अरुको भरमा बाँच्नेले सधैँ दोष तथा आरोपको सामना गर्नुपर्ने,

८. बहकिएर घमण्डी बन्नेगरी धन र आत्तिएर नेराष्य हुनुपर्नेगरी दुःख नआएमा जीवन आनन्दले चल्ने,

९, १०. हाम्रा ज्ञानेन्दि«यहरुले सहि र गलत छुट्याउन सक्नुपर्ने, सबै पक्ष विचार गरेर र कुनेपनि घटना वा अवस्थाको र्मा (गहनता) बुझेर मात्र बोल्न जाने राम्रो हुने,

११. हाम्रो दाँतको काम चपाउनु र रिस उठ्दा कट्कटाउनु मात्र नभएर मुस्काउनु पनि रहेको, हातहरुले सिर्जनाका काम गनुपर्ने पाउहरुले गन्तव्यमा पुग्न सक्नुपर्ने

१२. हामीले हाम्रो बलको प्रयोग घमण्ड देखाउन प्रयोग गर्न नभई सिर्जनाको काममा प्रयोग हुनुपर्ने, बुद्धिको प्रयोग नकरात्मक कार्यमा भन्दा समाजहितमा गर्नुपर्ने, मनमा सबैप्रति माया राख्नुपर्ने शरीर सधैँ स्फुर्ति राख्नुपर्ने यसो गरे सन्तुष्ट होइन,

१३. पृथ्वीभन्दा सुन्दर अर्को स्वर्ग नभएकोले भ्रममा पर्न नहुने, हरेक व्यक्तिमा कमिकमजोरी भएतापनि गुण वैगुण छुट्याएर गुण पक्षलाई अनुशरण गर्दै उपकार वा सेवामा मन लगाए दुःखबाट मुक्ति हुने र मानिसलाई भगवानको दर्जा मिल्ने,

१४. सृष्टिको एउटा नियम रहेका, मान्छे जन्मने र केही समय बाँचेर मर्ने, यो कुरालाई बुझेर बाँचुन्जेल लोकहितमा कार्य गरे सरल जीवन बाँच्न सिके आत्मसन्तुष्टि हुने, यसरी जीवन बाँच्न सिके आत्मसन्तुष्टि हुने, यसरी जीवन सार्थक बनाउनुपर्ने,

प्रसङ्ग ( प्रश्न न. १४ र १७ को लागि)

प्रस्तुत कवितांश कक्षा १० को नेपाली किताबमा समावेश कविता विधा अन्तर्गत कवि भरतराज पन्तद्वारा लिखित नीतिपरक कविता ‘सन्तुष्टि’ बाट साभार गरिएको हो । शास्त्रीय छन्दमा कविता लेख्ने मानवतावादी कवि पन्तले यस कवितामा सामाजिक विकृति विसङ्गतिलाई दर्शाउँदै मानिसले भौतिक सुखमा भन्दा आत्मिक सुखमा रमाउन ध्यान दिन सके सन्तुष्टि । आनन्दित हुन सकिन्छ भन्ने कुरा बताएका छन् । सन्तोषम परम् सुखम् यस कविताको मूल मर्म रहेको छ ।