कार्यालयीय निवेदन लेख्‍ने तरिका


  •  कार्यालयीय निवेदन लेख्दा पत्रको दायाँतिर शिरमा निवेदन लेख्दाको मिति लेख्नुपर्छ ।
  • त्यसैको केही तल बायाँतिर पदाधिकारी वा संस्था प्रमुखलाई सम्बोधन गर्नुपर्छ ।
  •  सम्बोधन गर्दा श्रीमान् माननीय सम्माननीय आदि आदरसूचक शब्दहरूको प्रयोग गर्नुपर्छ ।·         कार्यालयलाईमात्र सम्बोधन गरी लेख्दा भने माथिका आदरसूचक शब्दको प्रयोग गर्नुपर्दैन ।
  • कार्यालय वा संस्थाप्रमखलाई सम्बोधन गर्नुपर्दा अगाडि 'श्रीमान् वा श्री' शब्दको प्रयोग गर्नुपर्छ । मन्त्री र सांसदलाई सम्बोधन गर्नपर्दा 'माननीय' शब्दको प्रयोग गर्नुपर्छ । प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामख आदि संवैधानिक अंगका प्रमुखहरूलाई सम्बोधन गर्दा 'सम्माननीय' शब्दको प्रयोग गर्नुपर्दछ।
  • सम्बोधनभन्दा तल सम्बन्धित कार्यालयको नाम र त्यसैको मुनि ठेगाना लेख्नुपर्दछ ।
  • ठेगाना लेखेपछि त्यसको तल वायाँतिर अलिकति ठाउँ छाडी निवेदनको विषय एकै वाक्यांशमा लेख्नुपर्दछ ।
  • विषयमुनि ठेगानाको सिधा पर्ने गरी 'महोदय' वा 'महाशय' शब्दको प्रयोग गर्नुपर्दछ । तर पदलाई सम्बोधन नगरी कार्यालयलाई मात्र सम्वोधन गरी लेखिएको अवस्थामा भने ‘महोदय' वा 'महाशय' शब्दको प्रयोग गर्नुपर्दैन ।
  • 'महोदय' वा 'महाशय' शब्दभन्दा तल वायाँतिरवाट विषयको विवरण खुलाएर । निवेदन लेख्नुपर्दछ।
  • निवेदन लेख्दा दुई अनुच्छेदमा लेख्नु राम्रो हुन्छ। पहिलो अनुच्छेदमा वस्तुस्थितिको विवरण र दोस्रो अनुरोधमा निवेदन तथा अनुरोध लेख्दा राम्रो हुन्छ।
  •  निवेदन पूरा भएपछि निवेदकले बायाँतिर 'भवदीय' वा 'निवेदक' शब्द लेखी त्यसैको तल दस्तखत गरी आफ्नो पद, पूरा नाम र ठेगाना लेख्नुपर्दछ ।