विशेषण शब्दमा मात्र 'ता' प्रत्यय लगाएर नाम बनाइन्छ; जस्तै जातीयता, दुष्टता, नम्रता, हार्दिकता आदि । नामपदमा 'ता' लगाइएका अशुद्ध हुन्छ; जस्तै:
बेठीक ठीक
अन्योलता अन्योल
सौन्दर्यता सौन्दर्य सुन्दरता
बाहुल्यता बाहुल्य बहुलता
प्रधानता प्राधान्य
कर्तव्यता कर्तव्य
प्राबल्यता प्रावल्य
धैर्यता धैर्य/धीरता
इमानदारिता इमानदारी
प्राचर्यता प्राचुर्य/प्रचुरता
स्वातन्त्रता स्वतन्त्र/स्वतन्त्रता
माधुर्यता माधुर्य/मधुरता
गौरवता गौरव
वैभिन्यता विभिन्नता/वैभिन्य
साफल्यता साफल्य/सफलता
चातुर्यता चातुर्य/चतुरता
हामीले शब्दको प्रयोग गर्दा व्याकरणात्मक शुद्धतामा ध्यान दिनुपर्छ । अब यी शब्द शुद्धसँग लेख्ने अभ्यास गरौं ।